काठमाडौं । नेत्रविक्रम चन्द विप्लव चन्द नेतृत्वको नेकपाले लघुवित्त र मिटरब्याजीलाई कपिलवस्तुमा प्रतिबन्ध लगाएको छ।
कपिलवस्तुको पश्क्षिमी क्षेत्रमा लघुवित्त र मिटरब्याजीले आतंक मच्चाएको भन्दै नेकपा कपिलवस्तुले सो क्षेत्रमा प्रतिबन्ध लगाएको घोषणा गरेको छ ।
कपिलवस्तुका इन्चार्ज हेमन्त सी र सचिव पावेल सीले विज्ञप्ति निकाल्दै लघुवित्त र मिटरब्याजीलाई प्रतिबन्ध लगाएका भन्दै जानकारी गराएका हुन्। लघुवित्त र मिटरब्याजीले आर्थिक शोषण गरेको, आत्महत्या गर्नेसम्मको अवस्था आएको भन्दै प्रतिबन्ध लगाउनुपर्ने अवस्था आएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।



