शुक्र, कार्तिक २१, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

पशुपतिमा राष्ट्रपति विद्यादेवी भण्डारीको विरोध

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
पशुपतिमा राष्ट्रपति विद्यादेवी भण्डारीको विरोध
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिर पुगेकी राष्ट्रपति विद्यादेवी भण्डारीको विरोध भएको छ । राष्ट्रपतिको सवारीको क्रममा ट्राफिक जाम हुनेदेखि सर्वसाधारणले सास्ती खेप्दै आएको भन्दै यसअघि पनि तीब्र रुपमा आलोचना र विरोध भएको थियो । राष्ट्रपति सवारीमा चिकित्सक कुटिएपछि सुरक्षा ब्यवस्थापन सुधार गर्ने भनी सरकारले नेपाल चिकित्सक संघसँग सहमति नै गरेको थियो ।

शनिवार महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिर परिसर पुग्दा पनि राष्ट्रपतिविरुद्ध विरोधका स्वरहरु घन्किए । विशिष्ट र अति विशिष्ट व्यक्तिलाई सुरक्षा दिने भन्दै उनीहरुको सवारीको क्रममा सरकारले सडक पुरै खाली गराउने गरेको छ । सडक खाली गराउदा एम्बुलेन्स समेतलाई रोकेर सर्वसाधारणको आवतजावतमै रोक लगाउन थालिएपछि पछिल्लो समय यसको विरोधको तारो बन्न थालेकी छन, राष्ट्रपति विद्यादेवी भण्डारी ।

भण्डारीको सवारीको क्रममा घण्टौं जाममा परेपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले नै उनलाई राजासँग तुलना गरेकी थिइन् । राष्ट्रपति मुलुकको अभिभावक हो ।

राष्ट्रपति संस्थालाई सम्मान भावले हेर्नु सबैको दायित्व पनि हो । तर, पछिल्लो समय राष्ट्रपतिले गरेका कार्यसम्पादन र दलीय प्रभाव देखिने खालका कामले विरोध र विवाद थप चर्किदै गएको देखिन्छ । केहिदिन पहिले मात्रै दुबै संसदलाई सम्बोधन गरेर फर्किने कार्यक्रममा वीर अस्पतालअघि चिकित्सक नै कुटिएपछि चौतर्फी विरोध र आलोचना नै भयो ।

विरोधका स्वरहरु घन्किन थालेपछि सरकारले चिकित्सकसँग सम्झौता नै गर्नुपर्ने अवस्था आयो । शनिवार परेको शिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिर पुगेकी राष्ट्रपतिको त्यहाँ समेत विरोध भएको छ । मलिन स्वरमा राष्ट्रपतिविरुद्ध नारा लगाइएको छ । भने, महाशिवरात्रि मनाउन पुगेका सर्वसाधारणले खुलेरै उनको विरोध गरेका छन् ।

भीआइपी र भीभीआइपीको सवारीको क्रममा सरकारले प्रदान गर्दै आएको सुरक्षाका कारण सडक जाम गर्ने गरिएपनि यस्तो परम्परा राजाको पालामा भन्दा चर्को बन्न थालेको भन्दै विरोधका स्वरहरु बलिया बन्दै गएका छन् । यता, सरकारले यस्ता सवारीलाई व्यवस्थापन गर्न कार्यविधि नै संशोधनको तयारी गरेपनि जनताले महशुस गर्ने गरि काम हुन नसक्दा विरोध र विवादको तारो राष्ट्रपति बन्न थालेकी छन् । यसले राष्ट्रप्रमुखमाथिको अपमान भयो वा सम्मान भन्ने विषय नै अनुत्तरित छ ।

राष्ट्रप्रमुखको हेैसिएतले सुरक्षा दिनु सामान्य भएपनि दैनिकी नै खलबलिने गरि गरिने सडक जामले जनस्तरमा आक्रोश थप चुलिदो देखिन्छ ।

यो पनि पढ्नुहोस्

नेप्से २५९६ अंक कायम

८ घण्टा अगाडि
राष्ट्रिय लिग मात्र गर्ने सहमति भएपछि खेलाडीहरू विरोधमा उत्रिए

राष्ट्रिय लिग मात्र गर्ने सहमति भएपछि खेलाडीहरू विरोधमा उत्रिए

८ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

एमालेको प्रतिनिधि चयन देशभर हुने

रवि र छविराजको अन्य फाइलहरू मगाउन आदेश

वामपन्थीको नाममा नेताहरुको मिष्ठान्न भोजनालय

नयाँ शक्तिमा फूट चाहनेहरुलाई निराश बनाउनै पर्छ !

नियमित महाधिवेशन हुनुपर्ने पक्षमा पूर्वमन्त्री खड्का

विप्लव नेकपाद्वारा काठमाडौंमा प्रदर्शन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक