काठमाडौँ – यस वर्षको महाशिवरात्रि पर्वको तयारी पशुपति क्षेत्र विकास कोषले पूरा गरेको छ।
शनिबार हुने शिवरात्रि मेलाका लागि कोषले पाशुपत क्षेत्रको सरसफाइ, रंग रोगन गर्ने, सुरक्षा प्रवन्ध मिलाउने, बत्तीको व्यवस्थापन गर्ने जस्ता काम गरेको छ।
शिवरात्रिका लागि भारतबाट साधुसन्त, जोगीहरु पनि आइपुगेका छन्। केही शुक्रबार पनि आउन सक्ने जनाइएको छ।
तर विगतको तुलनामा यसपटक साधुसन्तको उपस्थिति पातलो रहेको देखिन्छ।
प्रत्येक वर्ष शिवरात्रिमा मेला भर्न स्वदेशका विभिन्न स्थान तथा भारतका विभिन्न मठमन्दिरबाट जोगी आउने गछन्।