काठमाडौं । ग्लोबल आईएमई बैंकले नयाँ विशेषताका साथ ‘मेरी उनीलाई’ मुद्दती खाता योजना सञ्चालनमा ल्याएको छ ।
हाल कायम ‘मेरी उनीलाई’ मुद्दती खातालाई परिमार्जन गरी यो योजना सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ ।
यस योजनाअन्तर्गत महिलाको नाममा बचत गर्न वा बचत गर्ने बानी बसाल्न, व्यक्तिगत खातामा महिलालाई राम्रो प्रतिफल दिन र महिलालाई आर्थिक रुपमा सशक्त बनाउन अझ बढी टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।
दुई लाख रुपैयाँ न्यूनतम मौज्दातमा खोल्न सकिने ‘मेरी उनीलाई’ मुद्दती खातामा आकर्षक ब्याज प्राप्त हुनेछ । यो खाता ६ महिनादेखि २ वर्षसम्मका लागि खोल्न सकिनेछ । बचत गर्ने बानीलाई प्रोत्साहन गर्न यो योजनामा ५० हजार रुपैयाँभन्दा माथिको रकम आवश्यकता अनुसार म्याद पुग्न ३ महिना अगाडिसम्म थप गर्दै जान सकिने व्यवस्था पनि रहेको बैंकले जनाएको छ ।
यस खातासँगै बैंकले निक्षपकर्ताहरुको ५ लाख रुपैयाँसम्मको दुर्घटना बीमा, २ लाख रुपैयाँसम्मको गम्भीर रोग बीमा र १ लाख रुपैयाँसम्मको औषधि उपचार बीमा उपलब्ध गराइने बैंकले जनाएको छ । यसका साथै यस योजनाअन्तर्गत खाता खोल्ने ग्राहकलाई निःशुल्क डेबिट कार्ड (पहिलो वर्ष), लकर शुल्कमा शतप्रतिशत छुट (पहिलो वर्ष) र निःशुल्क मोबाइल तथा इन्टरनेट बैंकिङ सेवा (पहिलो वर्ष) उपलब्ध गराइने छ ।
साथै बैंकले साविक बचतको ९० प्रतिशतसम्म ऋण सुविधा पनि उपलब्ध गराउने बैंकले जनाएको छ । बैंकका अनुसार यस योजनाअन्तर्गत निश्चित अवधिको मुद्दती खाता खोल्ने ग्राहकले घर कर्जाको सेवा शुल्कमा विशेष छुट समेत पाउनेछन् ।