आइत, मंसिर १७, २०८०
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नदी तर्न शुल्क तिर्नुपर्ने बाध्यता

धारणा न्यूज by धारणा न्यूज
१० महिना अगाडि
0
नदी तर्न शुल्क तिर्नुपर्ने बाध्यता

कञ्चनपुर । कञ्चनपुरको लालझाडी गाउँपालिकाकी सरस्वती राना हरेक दिन झिसमिसे बिहानदेखि अबेर रातिसम्म दोदा नदी किनारमा बस्नुहुन्छ । नदी तर्नका लागि उहाँले अस्थायी काठको पुल बनाउनुभएको छ । पुलमार्फत ओहरदोहर गर्ने मोटरसाइकल र साइकल सवारबाट उहाँ शुल्क लिनुहुन्छ ।

पुलमार्फत नदी वारपार गर्ने मोटरसाइकल सवारले रू. ४० र साइकल सवारले रू. पाँच बुझाउनुहुन्छ । रानाको यो पछिल्लो तीन वर्षदेखिको दिनचर्या हो ।

नदी छेउमै काठको वेरियर छेउ सानो पसल पनि राख्नुभएको छ । पुल भएर ओहरदोहर गर्ने साइकल तथा मोटरसाइकल सवार यात्रुबाट हुने आम्दानीले  उहाँले घर खर्च चलाउनुभएको छ । पुल प्रयोग गर्नेहरुबाट उहाँले दैनिक रू. एक हजारदेखि रू. दुई हजार पाँच सयसम्म रकम उठाउनुहुन्छ । श्रीमानको निधन भएपछि छोरा बुहारी, नाति नातिनाको खर्चको जोहो गर्न उहाँले नदीमा अस्थायी पुल राख्नुएको हो ।

“रोजगारीको छैन । खेती गर्न जग्गा छैन । नदीले जग्गा बगाएपछि वन क्षेत्रमा झोपडी बनाएर बस्दै आएका छौँ”, उहाँले भन्नुभयो, “हरेक वर्ष वर्खा सकिएपछि कात्तिकदेखि नदीमा अस्थायी पुल राख्ने गरेकी छु ।” उहाँले कात्तिकमा राखेको पुल जेठतिर निकालेर घरमा राख्नुहुन्छ । नदीमा सात महिना राखिने पुलबाट हुने आम्दानीले रानाको परिवार चलेको छ ।

रानाले अस्थायी रुपमा  काठको पुल राखेको स्थानभन्दा छेवैमा पक्की पुल निर्माणका लागि पिलर ठडयाइएका छन् । तर एक दशकअघिदेखि यसैगरी उभिएका पिलरले कहिले मूर्तरुप कहिले लिने हो टुङ्गो छैन ।

स्थानीय बोटसिंह राना भन्नुहुन्छ, “कृष्णपुर नगरपालिकाको बाणि हुँदै लालझाडी गाउँपालिकासम्म पुग्न नदीमा पुल निर्माण थालिएको हो । निर्माण अलपत्र परेपछि अस्थायी पुलमा शुःल्क तिरेर तर्न बाध्य छौं ।”

दोदा नदी नजिकैको वनहरा नदीमा पनि अस्थायी काठको पुल निर्माण गरिएको छ । नदी तर्नेबाट त्यस ठाउँमा समेत शुल्क लिइने गरिएको छ । नदीमा निर्माण गरिएको झोलुङ्गे पुल गत भदौको अन्तिम साता आएको बाढीले ढालेपछि स्थानीय शुःल्क तिरेर काठको अस्थायी पुल तर्दै आएका छन् ।

नदीमा काठको अस्थायी पुल राखेर शुल्क उठाउँदै आएका रामबहादुर रानाले १५ जना मिलेर अस्थायी पुल राखेको बताउनुभयो । पुलबाट उठेको केही रकम स्थानीय विपद् व्यवस्थापन समितिको कोषमा जम्मा गर्ने र बचेको रकम १५ जानाले बाँडेर लिने गरेको उहाँले सुनाउनुभयो ।

दुवै नदीमा बनाइएका अस्थायी पुलमार्फत पैदल यात्रु, साइकल र मोटरसाइकल आवतजावतका लागि प्रयोग हुने गरेको छ । “अस्थायी भए पनि निर्माणकर्ताले काठको व्यवस्था गरी पुल राख्दा थोरै समयका लागि भएपनि सुविधा पुगेको छ”, स्थानीय प्रकाश खुनाले भन्नुभयो, “थोरै शुल्क लिँदा चित्त दुखाएका छैनौँ बरु सेवा पाएका छौँ ।”  रासस

यो पनि पढ्नुहोस्

अवैध लागूऔषध सहित पक्राउ

लागुऔषध सहित एक दम्पती पक्राउ

४ घण्टा अगाडि
संसदीय समितिको नेतृत्व छिट्टै चयन गर्न सहमत

सडक बत्तीको महसुल बक्यौता सम्बन्धित पालिकाहरुबाटै असुलउपर गर्न निर्देशन

५ घण्टा अगाडि
ShareSendScan

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्

अवैध लागूऔषध सहित पक्राउ

लागुऔषध सहित एक दम्पती पक्राउ

४ घण्टा अगाडि
संसदीय समितिको नेतृत्व छिट्टै चयन गर्न सहमत

सडक बत्तीको महसुल बक्यौता सम्बन्धित पालिकाहरुबाटै असुलउपर गर्न निर्देशन

५ घण्टा अगाडि
सेयर बजार परिसूचक नेप्से सामान्य घटेर बन्द

नेपाल स्टक एक्सचेञ्जमा ७ अंकको गिरावट

५ घण्टा अगाडि
पूर्वप्रधानमन्त्री केपीओलीलेअहिले सरकारमा जाने कुनै मनसाय नरहेको जनाउनुभयो

हत्या गरी चुनाव जित्ने संस्कृति घिनलाग्दो

६ घण्टा अगाडि
भारतीय महिला लिग खेल्न दुई खेलाडी  भारत प्रस्थान

भारतीय महिला लिग खेल्न दुई खेलाडी भारत प्रस्थान

९ घण्टा अगाडि
प्रम प्रचण्ड र राज्यमन्त्री मिचेलबिच भेटवार्ता

प्रम प्रचण्ड र राज्यमन्त्री मिचेलबिच भेटवार्ता

९ घण्टा अगाडि

लोकप्रिय

  • युइएफए युरोकप २०२४ को ड्र सार्वजनिक

    युइएफए युरोकप २०२४ को ड्र सार्वजनिक

    0 shares
    Share 0 Tweet 0
  • देशलाई प्रतिगमनमा जान नदिनका लागि एमाले लागिरहेको छ : ओली

    0 shares
    Share 0 Tweet 0
  • दुई दिन बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक

    0 shares
    Share 0 Tweet 0
  • कोप–२८ मा प्रधानमन्त्री दाहालको सम्बोधनः नेपालमाथिको अन्याय रोकिनुपर्छ

    0 shares
    Share 0 Tweet 0
  • अमेरिकी चूनौतिको सामना गर्न भारतलाई अप्ठेरो ?

    0 shares
    Share 0 Tweet 0
Facebook Youtube TikTok
जनधारणा

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

नेवाः मिसा दबूको सातौँ बार्षिकोत्सव सम्पन्न

शान्ति पुनर्स्थापना गृहद्वारा सात चेलीको उद्धार

दुई दिन बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक

सरकारले सुनेन बामदेव गौतमको सुझाव !

कामनपामा स्तरीय बाँसुरी बादन प्रतियोगिता हुने

टेकुमा सिटिजन्स बैंककाे १ सय ८९औँ शाखा

साइट नेविगेशन

  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist