काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाइएको छ । दिउँसो ३ बजे केन्द्रीय कार्यालयमा बैठक सुरू भएकाे छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रास्वपालाई गृहमन्त्री दिन नमानेपछि उत्पन्न विवादका बीच बैठक बसेकाे हाे । रास्वपाको आजको बैठकले सरकार छाड्ने वा नछाड्ने भन्ने विषयमा निर्णय लिने बताईएको छ ।