काठमाडौं । बुधबारको प्रतिनिधिसभाको बैठकमा सत्तारुढ दलका सांसदहरुबीच नै दोहोरी चलेको छ। नेकपा एमाले, माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरुबीच दोहोरी चलेको हो।
एमाले सांसद रघुजी पन्त र माओवादी केन्द्रका सांसद शक्ति बस्नेतले राप्रपाका मन्त्रीहरुको अभिव्यक्तिबारे प्रश्न उठाएपछि सांसद ज्ञानेन्द्र शाहीले प्रतिवाद गरेका हुन्।
राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले सांसद बस्नेतले राप्रपाले संघीयताविरूद्ध दिएका अभिव्यक्तिबारे कडा प्रतिवाद गरे।
सांसद शाहीले बस्नेतले बोलेको विषयमा नियमापत्ति जनाए। ‘माननीय शक्ति बस्नेतले उठाउनुभएको कुरा। संविधान बनाउनुअगाडि संघीयता र धर्म निरपेक्षता चाहिन्छ कि चाँहिदैन भनेर सांसदहरुको राय मागिएको थियो। त्यो किन सार्वजनिक गरिएनरु संविधानको धारा २७४मा सार्वभैमसत्ता, भौगोलिक अखण्डता र जनतामा निहित सार्वभौमसत्ता प्रतिकूल हुनेगरी संविधान संशोधन गर्न सकिने छैन। गणतन्त्र चाहिन्छ वा चाँहिदैन भन्ने कुरा पनि यही सदनबाट लागू गर्न सकिन्छ,’ सांसद शाहीले भने।
त्यस्तै, उनले धर्मको विषयमा सांसद बस्नेतले सितालाई भारतसँग जोडेको भन्दै आपत्ति जनाए। सांसद शाहीले भने, ‘उहाँले धर्मको कुरा जोड्दै गर्दा भारतसँग जोड्नुभयो। मातासिता नेपालको नागरिक हो। वेद पनि नेपालको गुरु वेदव्यासले लेखेका हुन्। उहाँले धर्ममा नास्तिकको कुरा भन्नुभयो। नास्तिको कुरा हुन्छ यहाँरु यो कुरा तत्काल फिर्ता गरियोस्। आपित्त छ।’
त्यसपछि सभामुख देवराज घिमिरेले बस्न आग्रह गरे। तर, एमाले सांसद रघुजी पन्त र शक्तिबहादुर बस्नेतले उठेर केही बोल्न खोजिरहेका थिए। सभामुख घिमिरेले बस्न आग्रह गर्दै ‘समय लिएर बोल्नुहोला। बसौँ। के कुराहरु आएको होरु सुन्नका लागि सुनिएको हो बसौं’भन्दै सदनको कारबाही अगाडि बढाए।
‘क्याबिनेट र क्याबिनेटका सदस्यहरुले संविधानका मूल्यहरूभन्दा बाहिर गएर गर्ने टिप्पणी स्वीकार्य हुन सक्दैन। यस्ता प्रकारका गल्तीहरु आगामी दिनमा नहुन् र यी विषयलाई सच्याइयोस्,’ सांसद बस्नेतले भने।
बस्नेत अगाडि बोलेका एमालेका सांसद पन्तले पनि राप्रपाका मन्त्रीहरूको अभिव्यक्तिबारे आपत्ति जनाए। ‘प्रधानमन्त्रीको निर्देशन राप्रपाले नमान्ने चेतावनी दिनुभयो। पार्टीका सिद्धान्तका आधारमा बोल्ने बताउनुभयो,’ उनले भने, ‘यो संविधानको अधिनमा रहेर मन्त्रीले आफ्ना गतिविधि अगाडि बढाउनुपर्छ। प्रधानमन्त्री र मन्त्रीको धारणा संविधानबारे बाझिने राम्रो होइन,’ उनले भने।