काठमाडाैँ- नेपाली कांग्रेसका नेता तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यका छाेरीहरूलाई पढाइदिने भएका छन्।
बस्नेतले शनिबार स्व आचार्यका परिवारलाई सिनामंगलमा भेटेका थिए। साेही क्रममा सिन्धुपाल्चोक क्षेत्र नं २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्यसमेत रहेका बस्नेतले सन्तान पढाउने घाेषणा गरेका हुन्।
साथै उनले आचार्यकी श्रीमतीलाई राेजगारीकाे व्यवस्था गरिदिने पनि प्रतिवद्धता व्यक्त गरेका छन्।
नेता बस्नेतले फेसबुकमा लेखेका छन्, ‘स्व. प्रेमप्रसाद आचार्यज्यूका छोरीहरूको पठनपाठन र श्रीमतीलाई रोजगारीको व्यवस्था मिलाउने प्रतिबद्धता मैले यही सामाजिक सञ्जालमार्फत् गरेको थिएँ र आज प्रेमप्रसादज्यूको श्रीमती बस्नु भएको ठाउँ सिनामंगलमै पुगी प्रत्यक्ष भेटेर उहाँसँग थोरै भए पनि कुराकानी गरे र सान्त्वना पनि दिए साथै उहाँको रोजगारी र छोरीहरूको पठनपाठनको व्यवस्था मिलाउने जिम्मा समेत मैले लिएको छु। जय नेपाल।’
माघ १० गते आचार्यले नयाँ बानेश्वरस्थित संसद भवनअगाडि शरीरमा पेट्रोल छर्केर आत्मदाहकाे प्रयास गरेका थिए।
उनको उपचारका क्रममा कीर्तिपुर अस्पतालमा ११ गते बिहान मृत्यु भएको थियो।