एजेन्सी । भारतको मध्यप्रदेशमा वायुसेनाका लडाकु विमान ठोक्किए छन्। वायुसेनाको सुखोई–३० र मिराज २००० विमान शनिबार एक आपसमा ठोक्किएर दुर्घटनाग्रस्त भएको भारतीय सञ्चारमाध्यम दैनिक भाष्करले जनाएको छ। http://www.adbl.gov.np दुबै ग्वालियर एयरबेसबाट उडेका थिए। एउटा भरतपुर र अर्को मुरैनामा खस्ने सम्भावना रहेको बताइएको छ। प्रारम्भिक जानकारीअनुसार विमान भरतपुरमा खसेको बताइएको छभने अर्को विमानभने मोरेना नजिकै दुर्घटना भएको बताइएको छ। अहिले घटनास्थलमा वायुसेनाका अधिकारी र जिल्ला प्रशासन कार्यालयका अधिकारीहरु पुगेका छन्। घटनास्थलमा स्थानीयहरुको भीड जम्मा भएको छ। प्रत्यक्षदर्शीहरुका अनुसार विमानमा आकाशमै आगो लागेको थियो र जलिरहेको लडाकु विमान खसेको थियो।