काठमाडौं । पोखरामा दुर्घटनाग्रस्त भएको यति एयरलाइन्सको ब्ल्याक बक्स अनुुसन्धानको लागि आज सिंगापुर लगिने भएको छ ।
चालकदलसहित ७२ जनाको ज्यान लिएको उक्त विमानको दुर्घटनाको कारण पत्ता लगाउन सिंगापुर लैजान लागिएको हो ।
ब्ल्याक बक्सको डाटा रेकर्डर र ककपिट रेकर्डरको अध्ययन गरी दुर्घटनाको कारण पत्ता लगाउन विदेश पठाउन लागिएको जनाइएको छ । काठमाडौंबाट पोखराको लागि ६८ यात्रु बोकेर उडेको जहाज पोखराको सेती खोंचमा दुर्घटनाग्रस्त भएको थियो ।