काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) पनि सरकारमा जाने भएको छ ।
२६ पुसमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको लोसपा एक मन्त्री लिएर सरकारमा जान तयार भएको हो । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओली पनि लोसपालाई सरकारमा ल्याउन सहमत भएका छन् ।
लोसपाका एक नेता भन्छन्, ‘सरकारमा जाने पक्का भएको छ, मन्त्रीको नामबारे निर्णय भइसकेको छैन ।’ लोसपाबाट शरतसिंह भण्डारी र सर्वेन्द्रनाथ शुक्ल मन्त्रीको दाबेदार छन् । चार सांसदमध्ये अध्यक्ष महन्थ ठाकुरले मन्त्रीमा दाबी गरेका छैैनन् भने रामप्रकाश चौधरी पहिलो पटक निर्वाचित भएकाले उनको पनि दाबी छैन ।