काठमाडौँ – सात दलीय सत्ता गठबन्धनले सरकारको न्यूनतम साझा कार्यक्रम बनाउनका लागि गठन गरेको समितिले तयार पारेको प्रतिवेदन एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बुझाएको छ।
कार्यदलका संयोजक उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले उच्चस्तरीय संयन्त्रका संयोजक रहेका ओलीलाई न्यूनतम साझा कार्यक्रमको मस्यौदा बुझाएका हुन्।