कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिकाले अनुदानमा कृषि औजार वितरण गरेको छ । व्यावसायिक कृषि गर्दैआएका कृषकहरूलाई ५० प्रतिशत अनुदानमा कृषि औजार वितरण गरिएको हो ।
पालिकाले सिचाइँका लागि मोटर, पम्पसेट, स्प्रे–ट्याङ्की, चाप कटर लगायतका औजार वितरण गरेको छ । कृषकलाई मागको आधारमा कृषि औजार वितरण गरिएको गाउँपालिका अध्यक्ष गोपालबहादुर थापाले बताउनुभयो ।
विजयनगर गाउँपालिकामा सिचाइँको धेरै समस्या भएको हुँदा कृषकलाई मोटर र पम्पसेटजस्ता उपकरण अनुदानलाई प्राथमिकता दिइएको अध्यक्ष थापाको भनाइ छ । दुग्ध र मासुको उत्पादन वृद्धि गर्न पालिकाले पशुपालक कृषकलाई प्रोत्साहन गर्दैआएको प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजालले बताउनुभयो । जानु पाण्डे