काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास वालुवाटारमा भएको भेटवार्तामा प्रधानमन्त्रीले लिने विश्वासको मत, सरकाले ल्याउने निती तथा साझा कार्यक्रमसहित सतारुढ दलहरुको बीचमा चलिरहेको भागबण्डाको गृहकार्यका विषयमा छलफल भएको जनाइएको छ। सत्ता साझेदार दलहरुको केही दिन अघिको बैठकले एमाले अध्यक्ष ओलीलाई सतारुढ दलहरुको सयन्त्रको संयोजकको पनि जिम्मेवारी दिएको थियो। प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच पछिल्ला दिनहरुमा लगातारजसो छलफल चल्दै आएको छ। मंगलवार पनि समसामयिक राजनीति, शक्ति बाँडफाँट र प्रदेशहरुमा सरकार गठनको विषयमा छलफल भएको बालुवाटार स्रोतले जानकारी दिएको छ।