काठमाडौँ – राष्ट्रिय सभा सदस्य वामदेव गौतमले वर्तमान सरकारले मुलुकभित्र स्वदेशी उत्पादनमा वृद्धि गरी दिगो विकासमा ध्यान दिनुपर्ने बताएका छन्।
मंगलबार राष्ट्रिय सभाअन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद गौतमले वर्तमान सरकारले मुलुकभित्र नै उत्पादन वृद्धि गरी दिगो विकासलाई समेत मद्दत गर्दै सुशासन कायम गर्न पहल गर्नुपर्ने बताएका हुन्।
उनले सरकारले मुलुकभित्र उत्पादन वृद्धि गरी आत्मनिर्भर बन्न सक्नुपर्ने बताए। उनले खाद्यान्न,फलफूल,औषधिलगायत उत्पादनमा वृद्धि गरी आत्मनिर्भर बन्नसके मुलुकभित्रै रोजगारीसमेत सिर्जना हुने बताए।
उनले विगतमा नेपाली कांग्रेसको सरकारले सरकारी उद्योग कारखानाहरु निजीकरण गर्दा अहिले समस्या भएको आरोप लगाए। नेपाली कांग्रेस नेतृत्वका सरकारले विगतमा सरकारी उद्योगहरुमा अफ्ठ्यारो पर्ने र निजीकरण गर्ने काम गरेको बताए।