काठमाडौं । कैलाली, गोदावरी नगरपालिका-६ लालपुरमा सु.प. प्र. ०१००१ क २०२० नम्बरको टिपरले सु.प.प्र.०१००१ ह ४९१८ नम्बरको अटोलाई बुधबार बिहान ठक्कर दिँदा अटोमा सवार सोही नगरपालिका-७ हरैया बस्ने २९ वर्षीया पेन्टी ठकुल्लाको छोरा ४ वर्षीय भरत ठकुल्लाको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । घाइते भएकी पेन्टीलाई पदमा अस्पताल अत्तरिया हुँदै थप उपचारको लागि निसर्ग अस्पताल धनगढी पठाइएको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाको विषयमा लिएर पिडित पक्षका व्यक्तिहरूले सडक बन्द तथा ढुङ्गामुढा गरेकोमा नियमाअनुसार क्षतिपूर्ति दिने सहमतीमा सडक सुचारू भएको छ ।
पर्सा, वीरगंज महानगरपालिका-२७ जसौली बस्ने ३० वर्षीया रिंकु देवीको हाल नम्बरको नखुलेको गाडीको ठक्करबाट बुधबार बिहान मृत्यु भएको छ । फुल टिप्न घर बाहिर निस्केको अवस्थामा पिकअप गाडीले ठक्कर दिई फरार रहेको खुल्न आएपछि हाल फरार गाडी र चालकको प्रहरीले खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।