सोम, असार ९, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home Uncategorized

दुर्गम गाउँमा बिजुली पुगेपछि …

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
दुर्गम गाउँमा बिजुली पुगेपछि …
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
काठमाडौं । वर्षौदेखि अन्धकारमा बस्दै आएका सिरहाको धनगढीमाई नगरपालिका– १४ स्थित अति विकट मानिएको मराईन, खुट्टीखोला र राईरैनी गाउँमा बिजुली पुगेपछि स्थानीयवासी खुसी भएका छन् ।

स्थानीय तहको समन्वयमा विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले विद्युतीकरणमार्फत अति दुर्गम मानिएको सो बस्तीमा बिजुली पु¥याएको थियो ।

बस्ती बसेदेखि लालटेन र टुकिको भरमा रात काट्दै आएका स्थानीयवासी गाउँबस्तीमा बिजुली बल्न थालेदेखि खुसी मनाइरहेको बताएका छन् । ‘‘बिजुलीका लागि विगत एक दशकदेखि विद्युत् प्राधिकरणमा गुहार्दै आएका थियौँ”, स्थानीयवासी दिलीप लामाले भन्नुभयो,‘‘तर दुर्गममा बस्ती छ, त्यहाँ विद्युतीकरण गर्न समस्या हुन्छ भन्दै सम्बन्धित निकाय पन्छिदै आएको थियो ।” अहिले बल्ल बस्तीमा झिलिमिली बत्ती बल्न थालेको छ, यसका कारण हामीलाई सहज भएको लामाको भनाइ छ ।

“गाउँमा बिजुलीको सुविधा नहँुदा वर्षांैदेखि स्थानीयवासी लालटेन र टुकी बालेर रात बिताउँदै आएका”, सिरहाको धनगढीमाई नगरपालिका–१४ मराईनका स्थानीयवासी सूर्य मगरले भने,‘‘ढिलै भए पनि गाउँमा बिजुली पुगेको छ, यसका कारण गाउँ झिलिमिली बनेको छ र अब हामीलाई सहज भएको छ ।” बिजुली नुहँदा समान्य मोबाइल चार्जका लागि पनि धनगढी बजार धाउनुपर्ने बाध्यताबाटसमेत अब मुक्त भएको उनको कथन छ ।

अहिले पूरै गाउँ झिलिमिली छ । विद्युत् सुविधा पुगेपछि कतिपयले आयआर्जनका विभिन्न काम पनि गर्न थालेका छन् । रातको समयमा पनि उज्यालोमा घरायसी कामधन्दा गर्न, बालबालिकालाई पढ्न सहज हुनुको साथै मोेबाइल चार्ज गर्न, रेडियो टेलिभिजनजस्ता सञ्चारका साधनको प्रयोग गर्न पाउँदा स्थानीयवासी दङ्ग छन् । रातको समयमा हुने चोरी डकैतीबाट पनि सुरक्षित भएको लामाले बताए ।

दुर्गम मानिएको ती बस्तीमा बिजुली पु¥याउन लामो प्रयासपछि बल्ल बिजुली ल्याउन सफल भएको धनगढीमाई नगरपालिका–१४ का वडाध्यक्ष अमित ठकुरीले बताए । ‘‘अत्यन्तै विकट ती गाउँबस्तीका स्थानीयवासीको प्रमुख माग नै बिजुली थियो”,वडाध्यक्ष ठकुरीले भने, ‘‘बाटोघाटो र यातायातको पहुँच नपुगेका यी बस्तीमा कसरी बिजुली ल्याउने भन्नेमा ठूलो चिन्ता थियो ।” तर विद्युत् प्राधिकरणसँग पहल गरेर बिजुली ल्याउन सफल भएको खुसी लागेको छ, उनले भने ।

पूर्व–पश्चिम राजमार्गदेखि करिब १० किलोमिटर उत्तर चुरे जङ्गल नजिकै रहेको सो वडाको करिब एक दर्जनबस्ती छन् । वर्षांैदेखि बिजुलीको सुविधाबाट वञ्चित ती बस्तीमा विद्युतीकरण कार्य सुरु भएसँगै पहिलो चरणमा खुट्टीखोला, मराइनको सबै र राईरैनीको केही भागमा बिजुली बत्ती बल्न थालेको विद्युत् प्राधिकरण वितरण केन्द्र लहानका प्रमुख जीतेन्द्र यादवले जानकारी दिए ।

सो वडाको दुर्गममा पर्ने पोलार, मैनामैनी, तोरिबारी, राईरैनी, अम्बासे, मोतिश्री, चट्टान, जामुनटार, डल्मेलगायतका गाउँ बस्तीमा बिजुली पु¥याउन चालु आर्थिक वर्षमा रु पाँच करोडको लागतमा विद्युतीकरणको कार्य सुरु गरिएको प्रमुख यादवले बताए ।

तीमध्ये तीन बस्तीमा बिजुुली बल्न थालेको र बाँकीमा यसैवर्षभित्र विद्युतीकरणको लागि बोलपत्र भइसकेको प्रमुख यादवको भनाइ छ । रासस

यो पनि पढ्नुहोस्

उत्तराखण्डमा बन्धक बनाइएका २२ नेपालीको उद्धार

उत्तराखण्डमा बन्धक बनाइएका २२ नेपालीको उद्धार

७ घण्टा अगाडि
भारत र चीनसँगको सीमा समस्या गर्नका लागि पहल जारी

भारत र चीनसँगको सीमा समस्या गर्नका लागि पहल जारी

७ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

छुट्टाछुट्टै सवारी दुर्घटनामा ९ जनाको मृत्यु

प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यप्रति आपत्ति

कर्णाली प्रदेश समाज जापान कान्साई प्रान्तको तेस्रो अधिवेशनबाट अध्यक्षमा अन्जन निर्वाचित

साफ यू-२० महिला नेपाली राष्ट्रिय टोली घोषणा

अमेरिकाले कडा मूल्य चुकाउनु पर्ने

ब्लड क्यान्सर पिडित १३ बर्षीय सन्जयलाई बचाउन अपिल

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक