अध्यक्ष राईले महासंघ आँफै स्वायत्त जातीय संस्थाहरुको साझा संगठन भएको उल्लेख गर्दै कुनैपनि संगठनलाई बहिष्कृत गरी आयोजना हुने महाधिवेशन आँफैमा लोकताीन्त्रक र वैधानिक हुन नसक्ने स्पष्ट पारिन् । उनले नविकरणको नाममा २७ जातीय संगठनहरु बहुमतले महाधिवेशन प्रक्रिया अपुरो र अधुरो हुन गएको प्रष्ट भएको पनि उल्लेख गरिन् ।
उनले भनिन्,‘हामी केही जातीय संगठनहरु प्रशासनिक रुपले नविकरण हुँदाहुँदै पनि केवल कागजात नविकरण नभएको नाममा केही सहयात्री संगठनहरुलाई महाधिवशेन प्रक्रियाबाट वञ्चित गराउन खोजिनु अन्याय र आदिवासीको मौलिक अभ्यासविपरितको कार्य भएकोले सबैलाई नसमेटिदाँसम्म महिावधेशन प्रक्रियामा हामी पनि सहभागी नजनाएको समेत स्पष्ट पार्दछौं ।’
तदर्थ समितिको अध्यक्षमा जुनित राई, वरिष्ठ उपाध्यक्षमा भने (आबद्धता दर्ता क्रमसंख्याअनुसार) पुष्पा बुढाथोकी, उपाध्यक्षहरु बिना पहरी नगरकोटी (पहाड), रिना थकाली (हिमाल), माया चौधरी (तराई) रहेका छन् । त्यस्तै महासचिवमा बिनिता आले मगर छिन् ।
चार जना सचिवमा भने जनसम्पर्क सचिव नानु थामी, विदेश परियोजना सचिवमा वसुन्धरा घर्ती, भाषा संस्कृति सचिवमा नरमायाँ दूरा, अनुशन्धान तथा प्रकाशन सचिवमा सुजा राई रहेकी छिन् । त्यस्तै, कोषाध्यक्षमा मायालु तामाङ छिन् ।
अध्यक्ष राईले यो प्रकरणमा न्याय निरुपणको लागि सम्बन्धित निकायमा निवेदन दिएको उल्लेख गर्दै त्यहाँबाट हुने निर्णय र निर्देशन स्विकार्य हुने स्पष्ट पारिन् । उनले भनिन्,‘हामी नेपालको कानूनमा रहेर हुने निर्णय र निर्देशन मान्छौं ।’