बिहि, असार ५, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

एनपीएलको दर बढ्ने

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
एनपीएलको दर बढ्ने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । खराब आर्थिक स्थितिका बाबजुद पछिल्लो समय बैंक तथा वित्त कम्पनीहरुको खराब कर्जा (एनपीएल) को दर बढ्ने देखिएको छ । तरलता अभावले सिर्जना गरेको उच्च ब्याजदर, बजार महँगी, उपभोक्ताको क्रय शक्तिमा आएको ह्रास र औद्योगिक उत्पादनको कमीसँगै समग्र आर्थिक गतिविधिमै शिथिलता छाउँदा बैंक तथा वित्त कम्पनीहरुको लगानी समेत जोखिममा पर्ने देखिएको हो ।

बैंक तथा वित्तीय कम्पनीहरुले गरेका कर्जा लगानी फिर्ता हुन छाडेका छन् । जसले बैंक तथा वित्त कम्पनीहरु मात्र नभएर नियामक निकाय राष्ट्र बैंक समेत चिन्तित हुन थालेको छ ।

नेपाल राष्ट्र बैंकको गत असोजको तथ्याङ्क अनुसार २६ वटा वाणिज्य बैंकहरुले ४४ खर्ब ३० अर्ब ९० करोड रुपैयाँ निक्षेप संकलन गर्दै ४२ खर्ब १९ अर्ब ७९ करोड रुपैयाँ कर्जा लगानी गरेका थिए । जसमध्ये ७७ अर्ब २२ करोड रुपैयाँमाथिको कर्जा लगानी जोखिममा परेको छ ।

समीक्षा अवधिमा बैंकहरुको कुल कर्जा लगानीको १.८३ प्रतिशत लगानी जोखिममा रहेको राष्ट्र बैंकले जनाएको छ । जुन कोभिड कालको भन्दा पनि बढी हो ।

२०७७ असार मसान्तमा बैंकहरुको खराब कर्जाको स्थिति १.८१ प्रतिशत थियो । तर, २०७८ असोजमा घटेर १.२३ प्रतिशतमा झरिसकेको बैंकहरुको खराब कर्जाको दर ठिक एक वर्षपछि बढेर पुनः १.८३ प्रतिशत पुगेको छ । जुन ४८.७८ प्रतिशतको वृद्धि हो । थप, कात्तिक र मंसिर महिनामा यस्तो खराब कर्जाको दर बढेर २ प्रतिशत माथि पुगिसकेको जानकारहरुको भनाइ छ ।

‘तरलता अभावको खास कारण खराब कर्जा पनि हो । लगानीको पैसा बैंकमा फिर्ता नहुने तर नयाँ निक्षेपमा भर पर्नाले तरलता अभावको समस्या झन् झन् गहिरिएको हो,’ राष्ट्र बैंकका प्रवक्ता समेत रहेका कार्यकारी निर्देशक डा.गुणाकर भट्टले भने, ‘बढ्दो आर्थिक शिथिलताका बाबजुद यस्तो खराब कर्जाको दर थप बढ्न सक्छ ।’

आधार सीमा नाघ्ने चिन्ता

अहिले मानिएको खराब कर्जाको अन्तिम सीमा ५ प्रतिशत हो । बैंक तथा वित्त कम्पनीहरुले गरेको कुल लगानीको कम्तीमा ५ प्रतिशतसम्म खराब कर्जा भए त्यसलाई स्वाभाविक मानिन्छ । तर पछिल्लो समय जुन रफ्तारमा बैंक तथा वित्त कम्पनीहरुको खराब कर्जाको दर बढ्दो छ, यसले आधार सीमा नाघ्ने खतरा देखिएको छ ।

‘नजिकैको छिमेकी मुलुक भारतमा खराब कर्जाको दर ७.३ प्रतिशत छ । यस्तै, पाकिस्तानको ७.६ प्रतिशत, बंगलादेशको ९ प्रतिशत र चर्को आर्थिक संकटकाबीच गुज्रिरहेको श्रीलंकाको खराब कर्जाको स्थिति ५ प्रतिशत हाराहारी छ । दक्षिण एशियामै सफल बैंकिङ प्रणाली मानिएको नेपालको वित्त स्थिति खस्किने देखियो,’ एक बैंकर्सले भने ।

मुलुकको आर्थिक स्थिति, बढ्दो तरलता अभावका साथसाथै बजारको मन्दीले खराब कर्जाको दर ५ प्रतिशत माथि जाने खतरा देखिएको उनले बताए ।

उसो त पछिल्लो एक महिनामा मात्र ५२ प्रतिशतमाथिले बैंकहरुको खराब कर्जाको दर बढेको छ । गत भदौ महिनामा १.२० प्रतिशत रहेको खराब कर्जाको दर कात्तिक महिनामा १.८३ प्रतिशत पुगेको छ ।

कुन क्षेत्रमा कति छ कर्जा लगानी ?

कात्तिक मसान्तको रिपोर्ट अनुसार सबै बैंक तथा वित्त कम्पनीहरु (बीएफआईज्) ले कुल ४७ खर्ब ६७ अर्ब ९३ करोड रुपैयाँ कर्जा लगानी गरेका छन् । जसमध्ये कृषि तथा वन क्षेत्र शीर्षक अन्तर्गत ३ खर्ब ४६ अर्ब १२ करोड रुपैयाँ कर्जा लगानी भएको छ ।

यस्तै होटल तथा रेष्टुरेन्ट लगायतका पर्यटन क्षेत्रमा २ खर्ब ६ अर्ब ३९ करोड रुपैयाँ, घरजग्गा कारोबारको क्षेत्रमा २ खर्ब २१ अर्ब ९४ करोड रुपैयाँ, हायर पर्चेज कर्जामा १ खर्ब ५१ अर्ब ९२ करोड रुपैयाँ लगानी भएको छ ।

सोही अवधिमा आयात शीर्षकमा ८२ अर्ब रुपैयाँ बराबरको कर्जा लगानी गरेका बैंक तथा वित्त कम्पनीहरुले मार्जिन अर्थात् सेयर धितो कर्जामा ७५ अर्ब ९६ करोड रुपैयाँ बराबरको कर्जा लगानी गरेको देखिन्छ ।

चालु पुँजी कर्जातर्फ सोही समयमा १० खर्ब ४४ अर्ब माथिको कर्जा लगानी गरेका बैंक तथा वित्त कम्पनीहरुले व्यक्तिगततर्फ नै ८ खर्ब ९१ अर्ब ८९ करोड रुपैयाँमाथि कर्जा लगानी गरेको राष्ट्र बैंकको तथ्याङ्कले देखाउँछ ।

यो पनि पढ्नुहोस्

शान्ति प्रक्रियाबारे विप्लव आक्रोशित

शान्ति प्रक्रियाबारे विप्लव आक्रोशित

११ घण्टा अगाडि
पत्रकार दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी

पत्रकार पाठकलाई पक्राउ नगर्न आदेश जारी

११ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

विपक्षीविनाको संसद बनाउँदै कांग्रेस,एमाले र माके !

बिग बास लिगको ड्राफ्टमा ६ नेपाली खेलाडी

शान्ति प्रक्रियाबारे विप्लव आक्रोशित

आर्थिक वर्षको बजेट पुस्तिका संसद बैठकमै च्याते

सेयर बजारकाे सबै सूचक घट्याे

इटाली र अजरबैजान पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक