काठमाडौं । चलचित्र विकास बोर्डविरुद्ध आन्दोलन गर्न बाध्य भएको भन्दै देशभरका फिल्म हल व्यवसायी आज (बुधबार) काठमाडौंमा भेला भएका छन् ।
दिउँसोदेखि संघको केन्द्रीय कार्यालयमा हुने भेलाले बोर्डविरुद्ध आन्दोलनको स्वरुप तय गर्ने जनाइएको छ । महासचिव नरेन्द्र महर्जनले राष्ट्रिय भेलाले बोर्डविरुद्ध आन्दोलनको तयारी गर्ने बताए ।
भेलाको पूर्वसन्ध्यामा बोर्ड अध्यक्ष भुवन केसीले वार्ताका लागि संघलाई पत्र पठाए पनि संघले भने आउन नसकिने जवाफ दिएको छ । ‘बोर्डको पत्र पाएका थियौं तर हामी गएनौं । भेलाले गर्ने निर्णयअनुसार हामी अघि बढ्छौं,’ संघका एक सदस्यले अनलाइनखबरसँग भने ।
नेपाली फिल्म नचलेको र अवतार : द वे अफ वाटर देखाउन नमिल्ने भएकाले अहिले सिंगल स्क्रिनहरु बन्दकै अवस्थामा रहेको भन्दै यसतर्फ पनि बोर्ड आक्रोशित छ ।
‘भेलाले गर्ने निर्णयअनुसार हामी अघि बढ्छौं,’ महासचिव महर्जनले भने, ‘बोर्डले पटकपटक दुःख दियो र अब हामी वार्ताको नाममा अलमलिने पक्षमा छैनौं ।’