लियोनेल मेसी जो सँधै चर्चाको शिखरमा रहे, अनि आलोचनाबिच सँधै घेरिए। आलोचनाको एउटा कारण थियो। उनले देशका लागि केहि जित्ने छैनन्। अनि उनले केवल क्लबका लागि मात्र खेलिहरेका छन्। आलोचकले सँधै यसै भन्थे अनि भनिरहे।
अनेकन आलोचना बिच मेसीको अर्जेन्टिनाले २०१४ मा विश्वकप फुटबलको फाइनलमा स्थान बनायो। तर मेसी फेरिपनि देशका लागि ट्रफि जित्न असफल भए। उनी यतिधेरै निरास भएकी उनले आफ्नो उम्दा करिअरबिच सन्न्यास घोषणा गरे। भनिन्छ अर्जेन्टिनामा राष्ट्रपति पछि दोस्रो सम्मान लियोनेल मेसीलाई दिइन्छ। भयो पनि त्यस्तै उनले राष्ट्रपतिको आग्रहलाई स्विकार गर्दै पुन राष्ट्रिय टिममा फर्किए। अनि बल्ल सुरु भयो मेसी ऐरा।
उनले आफ्नो फुटबल करिअरमा २०२१ अघि लगातार गुमाए मात्र तीन पटक राष्ट्रिय टिमलाई कोपाको फाइनलमा पुर्याए। २००७ मा उनी टिमका सदस्य हुँदा अर्जेन्टिनाले कोपाको फाइनल खेलेको थियो। तर ब्राजिलसँग पराजित भयो। तर मेसीको प्राइम टाइमका रुपमा रहेको २०१५ र २०१६ मा लगातार दुई संस्करणको कोपा गुमाए। साथै त्यसअघि उनले २०१४ को विश्वकप फाइनल जर्मनीसँग गुमाए। साँचिकै मेसीले उक्त समयमा लगातार गुमाए मात्र। अनि सधै निरासा र आलोचनामा बाँधिए।
तर मेसीले करिअरमा हार खाएनन्। कतार विश्वकप यात्रा तय गर्दा सम्म मेसीको अर्जेन्टिना एउटा इतिहास बनाउन तयार थियो अर्थात अर्जेन्टिनाले ३६ खेलसम्म अपराजित रहेको थियो। तर उसको नयाँ इतिहासमा एसियन टोली साउदी अरेबिया बाधक बन्यो। कतार विश्वकपको पहिलो खेलमानै साउदीसँग अप्रत्यासि हार भोग्न अर्जेन्टिना बाध्य भयो।
तर जब अर्जेन्टिना हार्यो। त्यसपछिनै हो मेसीले विश्वकपमा आफ्नो बास्तविक रुप देखाएको । उनले देशका लागि यसै वर्षनै हो सर्वाधिक गोल गरेको पनि। मेसीले विश्वकपमा कीर्तिमानी यात्रा तय गर्दा समूहचरण, राउन्ड अफ १६, क्वाटरफाइनल, सेमिफाइनल र फाइनलमा गोल गर्ने एक्लो खेलाडी बन्दै नयाँ कीर्तिमान बनाए।
मेसीको बास्तविक युद्व भने फाइनलमानै भयो। साँचिकै अर्जेन्टिनी समर्थकले मुटु थिचेर हेरेको विश्वकप बन्यो। कतार विश्वकप फाइनल। पहिलो हाफमा सहज रुपमा २ गोलको अग्रताले उत्साहि समर्थक त्यतिबेला निरास बने जब फ्रान्सका प्रशिक्षक डिडियर डेसच्याम्पले आफ्नो रणनिति पुर्ण रुपमा परिवर्तन गरे। अर्थात डेसच्याम्पले जेरुड, डेम्बेले, ग्रिजम्यान निकाल्दै कोलोमुनि र मार्कस टुरान, कोम्यान र कामभगालाई मैदान प्रवेश गराउँदै उनले आफ्नो ‘प्लान बी’ लाई सफल्ता पुर्वक कार्यन्वयन गरे। त्यसपिछनै हो फ्रान्सले खेलमा २ गोल फर्काएर मेसीको सपनालाई पेनाल्टीसम्म धकेलेको।
अझ विश्वकप फाइनलका लागि साँचिकै निर्णायक बनेको क्षण भने अतिरिक्त समय बन्यो। जहाँ मेसीले पुन एकपटक अर्जेन्टिनालाई पुन लिड दिए। अर्थात उनले अतिरिक्त समयमा साँचिकै सानदार गोल गर्दै पुन एकपटक समर्थको खुसीलाई पुर्णता दिने प्रयास गरे। र टिमलाई ३-२ को अग्रता दिलाए। तर फ्रान्सले सनसनि कायम राख्यो। अनि एम्बाप्पेले ह्याट्रिक गरे र खेल ३-३ गोलको अवस्थामा ल्याए।
विश्वकप फुटबलको साँचिकै दुर्लभ फाइनल बन्यो फ्रान्स र अर्जेन्टिनाबिचको यो भिडन्त कीनकी त्यसपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिनु परेको थियो। जहाँ इमिलियानो मार्टिनेजले नायकी भुमिका निर्वाह गर्दा मेसीले एक युद्व जितेका थिए।
विश्वकपको ट्रफि चुमेसँगै मेसीले अब फुटबल विश्वमा जित्न केहिपनि बाँकी रहेन। उनले १ हजार ३ खेलबाट ७ सय ९३ गोल अनि ४ वटा च्याम्पियन्स लिग, १० ओटा लालिगा, ३ वटा युइएफए सुपर कप, एउटा लिग वान ट्रफि, ७ वटा स्पेनिस कप (कोपा डेल रे), ८ वटा स्पेनिस सुपर कप, एउटा फ्रेन्च सुपर कप, यू-२० विश्वकप, एउटा ओलम्पिक स्वर्ण, एउटा कोपा अमेरिका र एक विश्वकप लगायत रहेका छन्।
त्यसोत मेसीले ब्यक्तिगत रुपमा २ वटा फिफा गोल्डेन बल, ७ वटा बालोन डि’ओर, गोल्डेन बुट ५ वटा ३ वटा युएफए बेस्ट प्लेयर अफ युरोप अनि दुई वटा फिफा वेस्ट प्लेयर अफ दि इयर जितेका छन्। साथै कयौं अन्य ब्यक्तिगत उपाधि उनले चुमेका छन्। अर्थात मेसीले फुटबलमा तोकिएका र भएका सबै उपाधि जितेका छन्। जसको पुर्णता अन्तिम युद्धका रुपमा विश्वकप ट्रफि जित्दै पुरा गरे।