नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँगको भेटवार्तापछि पत्रकार ऋषि धमलासँग संक्षिप्त कुरा गर्दै गौतमले यस्तो बताएका हुन् । उनले माधव नेपाललाई कांग्रेससँग कम्युनिष्टले मिलेर सरकार बनाउन नहुने सुझाव दिएको पनि सुनाए ।
उनले भने,‘मैले त प्रष्ट रुपमा भनेको छु, कांग्रेस र कम्युनष्टिको सरकार बनाउनु हुँदैन् । कांग्रेसको नेतृत्वमा बन्दा गैरकम्युनिष्टहरुको सरकार बनाउ । कम्युनिष्टहरुले बनाउने हो भने पनि कांग्रेसबाहेकलाई राखेर बनाउ भनेको छु । बरु, कांग्रेसको नेतृत्वमा गैरवामपन्थीहरुको सरकार बने केपी ओली, प्रचण्ड र माधव नेपालहरु प्रतिपक्षी मोर्चामा बस्दा हुन्छ । उहाँहरुले साझा मोर्चा बनाउनुपर्छ ।’