विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत जारि तेस्रो स्थानको प्रतिस्पर्धामा क्रोएसियाले पहिलो हाफमा २-१ को अग्रता बनाएको छ। प्रतिस्पर्धात्मक खेलमा क्रोएसियाले ७ औ मिनेटमाने अग्रता बनाएको थियो। २ मिनेट पछिनै मोरक्कोले गोल फर्काएपनि पहिलो हाफको अन्तिम समयमा गोल गर्दै क्रोएसियाले अग्रता बनाएको थियो।
पहिलो हाफमा ५९ प्रतिशत बल पोसेसनमा राखेको क्रोएसियाले ४ सट टार्गेटमा राख्दा मोरक्कोले भने एकमात्र सट टार्गेटमा राखेको बल गोल भएको थियो।
इभान पेरिसिकको क्रसलाई जोस्को गार्डिओलोले आकर्षक हेड गर्दै टिमालाई ७ औ मिनेटमानै अग्रता दिलाएका थिए। तर मोरक्कोले नवौं मिनेटमा बराबरी गोल फर्कायो। उसका लागि असरफ दारीले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए। मिस्लाभ ओर्सिकले ४३ औ मिनेटमा गरेको प्रहार पोलमा लागेर गोलमा परिणत हुँदा २-१ को अग्रता बनाउन क्रोएसिया सफल भयो।