बिहि, चैत्र १९, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home Uncategorized

एकनाथ ढकालको तेश्रो संसद यात्रा

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
एकनाथ ढकालको तेश्रो संसद यात्रा
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । निर्बाचन आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभा निर्बाचनको अन्तिम परिणाम घोषणा गरेको छ । नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकाल प्रतिनिधि सभाको सदस्य निर्बाचित भई तेश्रो पटक संसद्को यात्रा गर्दै छन् ।  पहिलो र दोश्रो संबिधान सभाका सदस्य समेत रहेका ढकाल दुइ पल्ट नेपाल सरकारको मन्त्रि पनि भए । गोरखाको बोर्लाङमा जन्मभूमि भएका ढकाल बिधार्र्थी कालदेखिका जुजारु युवा नेता हुन् । उनलाइ सन् २००७ मा नेपाल जेसिसले युवा बर्ष पुरस्कार समेत प्रदान गरेको थियो ।
नेपालमा शशस्त्र द्धन्द्धको बेला ढकालकै पहलमा “दक्षिण एशियाली शान्ति पहलकदमी“ को स्थापना गरि नेपालको शान्ति प्रकृया सफल बनाउन विभिन्न कार्यक्रम मार्फत महत्वपूर्ण भूमिका निर्बाह गरेका ढकाल सयुक्त राष्ट्र संघमा आबद्ध संस्था युनिभर्सल पिस फेडेरेशन अन्तराष्ट्रियको विभिन्न जिम्बेवारी समेत बहन गरेका छन् ।   ढकाल हाल सांसदहरुको अन्तराष्ट्रिय मंच “इन्टरनेश्नल अशोशिएशन अफ पार्लियामेन्टरियन फर पिस“ (आइएपिपि ) एशिया प्रशान्त क्षेत्रको संयोजक समेत रहेका छन् ।
छोटो समयमै धेरै अन्तराष्ट्रिय अनुभब हासिल गरेका ढकाल विश्वका विभिन्न देशका राष्ट्र प्रमुख तथा सरकार प्रमुख संग समेत भेटघाट गरिसकेका परिचित व्यक्तित्व हुन् । नेपालमा सन्  २०१५ को बिनासकारी भुकम्पको बेला तत्काल उद्दार तथा राहतको लागी ढकालको पहलमा उल्लेखनीय सहयोग जुटाएका थिए । ढकाल तत्कालिन प्रधानमन्त्री सुशील कोइराला भन्दा पनि अघि हेलिकप्टरमा राहत सामग्री लिएर भूकम्पको इपिसेन्टर गोर्खाको वारपाक पुगेपछि उनी थप चर्चामा आएका थिए ।
पहिलो बाबुराम भट्टराईको नेतृत्वमा सहकारी तथा गरिबि निर्वारण मन्त्री हुँदा राष्ट्रिय सहकारी नीति र बिपन्न घरपरिवार पहिचान तथा परिचय पत्र वितरणको थालनी गरेका ढकालले दोश्रो केपी ओली नेतृत्वको सरकारमा शान्ति तथा पुनर्निर्माण मन्त्रि हुदा शान्ति प्रकृयाको महत्वपुर्ण कामहरु सम्पन्न गरेका थिए । सधै चर्चाको शिखरमा हुने गरेका ढकाल मेहनती र जिम्बेवार राजनीतिज्ञ हुन् । सामाजिक क्षेत्रमा समेत अग्रणी स्थानमा रहेका ढकालले सन् २०१८ मा नेपालमा एशिया प्याशिफिक समिट आयोजना गर्न एक प्रमुख भूमिका खेलेका थिए ।बहुचर्चित उक्त समिटमा युपिएफ अन्तराष्ट्रियकी सह–सस्थापीका डा. हाक जा हाँन मदर मून), सात जना राष्ट्र प्रमुख तथा सरकार प्रमुख, १० जना पूर्व राष्ट्रपति÷ प्रधानमन्त्री र पाँच जना सभामुख समेत ४५ मित्र राष्ट्रका सयौं बिशिष्ट बिदेशी पाहुना हरुको सहभागिता रहेको थियो। उक्त एशिया प्यासिफिक समिट नागरिक क्षेत्रको पहलमा भएको नेपालको इतिहाँसकै सबैभन्दा भब्य अन्तराष्ट्रिय सम्मेलन थियो ।
संसद्को लेखा समिति, अन्तराष्ट्रिय सम्बन्ध तथा मानब अधिकार समिति, संसदीय सुनुवाई समिति लगाएतमा बसेर सफल भूमिका बहन गरिसकेका ब्यक्ति  ढकाल संसद बाहिर पनि उत्तिकै क्रियाशील देखिन्थे ।  नेपालको सन्दर्भमा अग्रपंथी लोकतन्त्र नामक पुस्तक समेत प्रकाशन गरेका ढकाल बैचारिक र ब्यबहारिक बीच सन्तुलन हुनु पर्ने बताउछन् । ढकालको पहलकदमीमा देशभर दर्जनौं बिधालय भबन, पुस्तकालय, मठ मन्दिर निर्माण तथा मर्मत सम्भार भएका छन् । उनले दर्जनौं लगनशील तथा बिपन्न बालबालिकालाई छात्रबृति समेत उपलब्ध गरेका छन् ।  प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्बाचन २०७९ मा नेकपा एमालेको समर्थनमा उनि प्रतिनिधि सभा सदस्यमा समानुपातिक निर्बाचन प्रणाली मार्फत  निर्बाचित सांसद हुन् । उनले उम्मेदवारको रुपमा १५ बुदे प्रतिबद्ता जारि गरेका थिए । ढकालले जारि गरेका प्रमुख प्रतिबद्धताहरुमा राष्ट्रियताको संरक्षण, परिबर्तनका उपलब्धिको संस्थागत विकास, भ्रष्टाचार निवारण र शुशाशन, असल परिवार र नैतिकवान समाज, सामाजिक सदभाब, राष्ट्रिय मेलमिलाप र अन्तरधार्मिक एकता, युवालाई रोजगार, पर्यटनको विकास, कृषि उत्पादनमा आधुनिकीकरण तथा बृद्धि, विकास तथा लगानी मैत्री वाताबरणको सृजना, वाताबरण संरक्षण र अन्तराष्ट्रिय सम्बन्धमा सुधार तथा आर्थिक कुटनीति लाइ प्राथमिकता दिने लगाएतका बिषयमा नीतिगत रुपमा योगदान गर्ने तथा आबाज उठाउने उल्लेख गरेका छन् ।
असल मनसायले काम गर्दा गर्दै पनि सांसद ढकाल आलोचना रहित भने हुन सकेका छैनन् । उनि रचनात्मक आलोचनाले आफुलाई परिपक्क र परिमार्जित हुने अवसर प्रदान गर्ने बताउछन् ।  ढकाल आफ्ना बारेमा हुने नकारात्मक टिप्पणीहरुलाई  बुझाइको अभाब र विकृत मानसिकताको उपज भन्छन ।  मिलनसार र सहयोगी भावनाका ढकालले आफ्नो पार्टी नेपाल परिवार दल र निर्बाचित भएको पार्टी नेकपा एमाले बीच सहि समन्न्वयन गरेरे अघि बढी जनअपेक्षा सम्बोधन गर्न उनको तेश्रो संसद यात्रामा सफल होस् हाम्रो पनि शुभकामना ।

यो पनि पढ्नुहोस्

कम्बोडियामा पक्राउ अभियुक्तमाथि अनुसन्धान सुरु

विचौलिया व्यवसायी दीपक भट्ट पक्राउ

३ घण्टा अगाडि
सरकारलाई एकताको बाटोमा हिँड्न आग्रह

सरकारलाई एकताको बाटोमा हिँड्न आग्रह

६ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

निर्वाचनपछि पहिलो अधिवेशन आजदेखि प्रारम्भ हुँदै

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सरकारलाई एकताको बाटोमा हिँड्न आग्रह

पारस शाहमा अस्पताल भर्ना

सहकारी पीडितसँग मन्त्री रावलले थालिन् छलफल

नेकपाबाट सम्बोधन वर्षमान पुनले सम्बोधन गर्ने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक