शनि, जेष्ठ ३२, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार शिक्षा

दलित समुदायका व्यक्तिले समाजमा पुर्‍याएको योगदानलाई पाठ्यक्रममा समावेश गर्नुपर्नेमा जोड

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
दलित समुदायका व्यक्तिले समाजमा पुर्‍याएको योगदानलाई पाठ्यक्रममा समावेश गर्नुपर्नेमा जोड
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । दलित समुदायका व्यक्तिले समाजमा पुर्‍याएको योगदानको विषयलाई विद्यालय तथा विश्वविद्यालयको पाठ्यक्रममा समावेश गर्नुपर्ने एक कार्यक्रमका सहभागीले जनाएका छन्।

जागरण मिडिया सेन्टरले आइतबार आयोजना गरेको ‘विश्वविद्यालयको पत्रकारिता शिक्षामा समावेशिता’ विषयक अन्तरक्रियामा सहभागीहरूले दलित समुदायका व्यक्तिले समाजमा पुर्‍याएको योगदानलाई पाठ्यक्रममा समावेश गर्नुपर्नेमा जोड दिएका हुन्।

कार्यक्रममा बोल्दै विवेकशील साझा पार्टीका नेता प्रकाशचन्द्र परियारले टीआर विश्वकर्मा, बिसे नकर्ची, मणिराम गाइने, बखतवीर बुढा, दिव्यविक्रम  परियार, भगत सर्वजित लगायतको जीवनी माध्यमिक विद्यालयको पाठ्क्रममा समावेश गर्नुपर्ने बताए। परियारले भने, “समाज बुझ्नको लागि इतिहासको अध्ययन जरुरी भएकाले दलित समुदायका वीरताको गाथा पनि पाठ्यक्रम, शोधपत्र, सिनेमा, लेखमा आउनुपर्छ।”

त्यस्तै, प्राध्यापक एवं लेखक कुन्दन अर्यालले पत्रकारिता विषयमा स्नाकोत्तर तहमा पढाइने ‘इन्टरकल्चरल कम्युनिकेशन’मा यस्ता विषय समावेश गर्दा नयाँ पुस्ताको दृष्टिकोणमा परिवर्तन आउने बताए। “दलितको इतिहास, योगदानलाई पाठ्यक्रम समावेश गर्दा हाम्रो समाजको असली विषयवस्तु  समावेश हुन्छ,” अर्यालले भने।

त्रिवि पत्रकारिता केन्द्रीय विभागका प्रमुख प्राध्यापक चिरञ्जिवी खनालले विकराल अवस्थामा रहेको जातीय भेदभाव तथा छुवाछुत न्यूनिकरणमा दुई पुस्ता लाग्नुपर्ने बताए। यसका लागि पाठ्यक्रममा पनि दलित समुदायका विषय समावेश गरेर नयाँ पुस्तालाई चेतनशील बनाउनुपर्ने बताए।

त्यस्तै, अनुसन्धाता एवं दलित अधिकारकर्मी जेबी विश्वकर्माले केहि कलेजले समावेशीकरणको अभ्यासलाई प्रवद्र्धन गरेको उल्लेख गर्दै प्रसंशा गरे। दलित समुदायले हरेक क्षेत्रबाट समाजलाई योगदान दिएको बताउँदै विश्वकर्माले भने, “दलित समुदायका विषय मिहिन ढंगले अध्ययन गरेर पाठ्यक्रममा समावेश गरिनुपर्छ, कक्षाकोठा खुला छलफल गर्नुपर्छ।”

यो पनि पढ्नुहोस्

विदेशी मुद्राको विनिमय दर ताेक्याे

विदेशी मुद्राको विनिमय दर निर्धारण

३ घण्टा अगाडि
यात्रुवाहक डुङ्गा डुब्दा कम्तीमा ४० जनाको मृत्यु

यात्रुवाहक डुङ्गा डुब्दा कम्तीमा ४० जनाको मृत्यु

४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

खोला मापदण्डको बिषयमा नेवा: समुदाय भित्रका जातिय समाजबीच छलफल हुँदै

 UPDTE :एयर इन्डियाको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या २६५ पुग्याे

नागरिक बेच्नुपर्नेलाई लिएर सांसदहरुबीच चर्को विवाद

नेपाल कसैको मातहतमा रहेको छैन : प्रम ओली

माकेशीत मायाप्रिति जारी रहेता पनि अहिलेलाई पारपाचुके

ओलीविरुद्ध खुल्न थाले एमाले नेताहरू !

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक