काठमाडौं । भुक्तानी सेवाप्रदायक तथा डिजिटल वालेट कम्पनी आईएमई पेको सीईओमा प्रवीन रेग्मी नियुक्त भएका छन् । यस अघिका सीईओ विकास नाहटा बोर्ड निर्देशकमा बढुवा भएपछि उनको स्थानमा रेग्मीलाई ल्याइएको हो ।
यसअघि उनी भारतको यूपीआई सिस्टमलाई क्रस बोर्डर पेमेन्ट (सीमा पार भुक्तानी) को रूपमा नेपाल भित्र्याउन लागिरहेको कम्पनी गेटवे पेमेन्ट नामक कम्पनीमा महाप्रबन्धक थिए । करिब एक वर्ष गेटवे पेमेन्टमा काम गरेका उनले त्यसअघि झण्डै सवा वर्ष छिटो कनेक्ट नामक भुक्तानी प्रदायक कम्पनीमा विभिन्न भूमिकामा रहेर काम गरेका थिए ।
सन् २०१७ मा एनएमबी बैंकमा आवद्ध भएका उनले त्यहाँ दुई वर्ष बिजनेस डेभलपमेन्ट म्यानेजर र डिजिटल बैंकिङ म्यानेजरको अनुभव लिए । त्यसपछि डिजिटल रूपान्तरण परियोजना प्रमुखको रूपमा एनआईसी एसिया बैंक प्रवेश गरेका थिए ।
सीईओ रेग्मीले काठमाडौं इन्जिनियरिङ कलेजबाट इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन इन्जिनियरिङ र पूर्वाञ्चल विश्वविद्यालयबाट एमबीए गरेका छन् ।
यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।
सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं
जनधारणा राष्ट्रिय साप्ताहिक
सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७
© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक