महोत्तरी । सशस्त्र प्रहरीले महोत्तरीको मटिहानी नगरपालिका- ७ स्थित परिक्रमा गाछी ईलाकाबाट मदिरा बोकेको गाडिसहित दुईजना पक्राउ गरेक छ। करिब ९ लाख ६४ हजार रुपैयाँ बराबरको ४० कार्टुन सोफी र २ कार्टुन मेडुवा मदिरा बोकेको गाडीसहित दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएको हो।
सशस्त्र प्रहरी बल नेपाल बीओपी मटिहानीले भारतमा घर बताउने ३६ वर्षीय राजा साह र २२ वर्षीय अजित कुमारलाई नियन्त्रणमा लिएको हो । बीआर ०६ पीबी ९७११ नम्बरको बोलेरामा राखेर नेपालबाट भारततर्फ चोरीनिकासी गर्न लागिएको उक्त मदिरा तथा गाडीसहित उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
पक्राउ परेकहरु र बरामद मदिरा तथा गाडी भन्सार कार्यालय जलेश्वरमा बुझाइएको छ ।