सोम, असार ९, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

बीस वर्षदेखि यूएईकाे जेलमा रहेका अमर बमको रिहाईको पहल

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
बीस वर्षदेखि यूएईकाे जेलमा रहेका अमर बमको रिहाईको पहल
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

 

काठमाडौं । २० वर्षदेखि यूएईस्थित् जेलमा रहेका दार्चुलाका अमर बमको रिहाईको लागि समाजसेवी एवम् मेडिकल व्यवसायी दुर्गा प्रसाईंले पहल थालेका छन् । प्रसाईंले आफूले बमको रिहाईको लागि युएईका राजकुमारलाई पत्र लेखिसकेको पनि स्पष्ट पारे । आज (मंगलबार) अमर बम फर्काउ अभियानले रिपोर्टर्स क्लब नेपालमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रमुख अतिथिको रुपमा बोल्दै प्रसाईंले बमको रिहाइको लागि आफूले पहलकदमी थालेको बताएका हुन् ।

वैदेशिक रोजगारीको सिलसिलामा यूएई पुगेका दार्चुलाका अमर बम २० वर्षदेखि बिना कसुर जेलमा बस्न बाध्य भएको अभियानको गुनासो छ । अभियानले सरकारको लापरवाही र लाचारीको कारण बमको स्वदेश फिर्तीमा ढिलाई भएको पनि आरोप लगाएको छ । नेकपा एमालेका नेतासमेत रहेका समाजसेवी प्रसाईंले जेलमा रहेका बमलाई फर्काउन आफुले यूएईका राजकुमारलाई पत्र पठाइसकेको उल्लेख गरे । उनले भने–‘मैले केही महिनाअघि नै यूएईका राजकुमारलाई पत्र पठाइसकेको छु ।’

उनले आफूले विगत केही वर्षदेखि खाडी मुलुकमा आपत्विपत्मा परेका नेपालीहरुलाई सहयोग गर्दै आएको बताउँदै भोलिका दिनमा पनि विदेशमा दुःखमा परेका नेपालीहरुको सहयोगका लागि तयार रहेको विश्वास दिलाए । उनले आफ्नो पहलमा १७ वटा शव नेपाल ल्याएको र दुवईस्थित् जेलमा रहेका ३७ जनाभन्दा बढि नेपालीहरुलाई स्वदेश फर्काउन सफल भएको पनि सुनाए । उनले नेपाली मिडियाहरुले आफूलाई सिध्याउने खेलमा लागेको गुनासो समेत पोखे । उनले भने–‘मलाई शव ल्याउने बेला दुर्गा प्रसाईले शवमा सुन तस्करी गर्याे भन्ने आरोप पनि लगाए ।’ आफूले दुःखमा परेका नेपालीहरुको उद्धार सहृदय भावले गरिरहेको पनि पनि उनको भनाई छ ।

उनले आफ्नो व्यक्तिगत खर्चमा यस्तो कार्यमा वार्षिक १० लाख सहयोग गर्ने गरेको उल्लेख गरे । प्रसाईले आफू सधैं नेपाली जनतालाई सहयोग गर्न प्रतिबद्व रहेको उल्लेख गरे । अमर बमको उद्वारलगत्तै ६४ जनाको शव नेपाल ल्याउन आफूहरु छलफलमा रहेको पनि उनले जानकारी दिए ।
दार्चुलाका अमर बम विवाह गरेको एक महिनामै परिवारको खुसी किन्नका लागि भारत पुगेका थिए । भारत पुगेका उनलाई भारतीय दुई नगारिकले जालझेलमा पारी यूएई पुर्याएका थिए । पीडित अमरले यूएईस्थित जेलबाट आफ्नो उद्वार गर्न सरकारले कुनै प्रकारको पहल नगरेको गुनासो पोखे । सो क्रममा उनले आफूलाई छिटो स्वदेश फर्काउन आग्रह गरे ।

पत्रकार सम्मेलनमा वैज्ञानिक कपिल पौडेलले पनि आफ्नो धारणा राखेका थिए । बमलाई पाँच वर्षअघि नै राष्ट्रपतिले नेपाल फर्काईएको भनेर भनिएको भएपनि अहिलेसम्म बम जेलमै रहेको कुरा थाहा पाउनु दुःखद् भएको सुनाए । उनले प्रसाईलाई आफूले राष्ट्रवादी व्यक्तित्वको रुपमा चिनेको सुनाए । विदेशमा रहेका नेपालीहरुको धेरै विलौना रहेको र दुःखमा रहेको सुनाए । उनले अब दुर्गा प्रसाईको काम आएको सुनाए ।
उनले भने,‘अब दुर्गा प्रसाईले बोल्ने भएको छ । अहिले अर्थमन्त्री हुनेलाई रवि लामिछाने बोल्न सक्छन् कि सक्दैनन्, प्रश्न यहाँ छ । दुर्गा प्रसाईले बोल्न सक्नुहुन्छ कि हुन्न ? यो प्रश्न हो ।’ उनले देशको शिक्षा प्रणाली पनि गन्हाउने अवस्थामा रहेको सुनाए ।

सो क्रममा समाजसेवी जेरी ताम्राकारले पनि बोलेका थिए । उनले आफूहरुले साउदी, मलसेयिालगायतका देशबाट नेपालीहरुको उद्धार गरेको सुनाए । उनले दुर्गा प्रसाईले विदेशमा अलपत्र परेका नेपालीहरुलाई उद्धार गरेको र विदेशमा निधन भएका नेपालीहरुको शव नेपाल ल्याउने काम गरेको भन्दै प्रशंसा गरे । उनले दुर्गा प्रसाईजस्तो व्यक्ति सरकारको नेतृत्व तहमा पुग्नुपर्ने बताए ।

https://youtube.com/watch?v=PNoAx5KPTvg%3Ffeature%3Doembed

यो पनि पढ्नुहोस्

उत्तराखण्डमा बन्धक बनाइएका २२ नेपालीको उद्धार

उत्तराखण्डमा बन्धक बनाइएका २२ नेपालीको उद्धार

७ घण्टा अगाडि
भारत र चीनसँगको सीमा समस्या गर्नका लागि पहल जारी

भारत र चीनसँगको सीमा समस्या गर्नका लागि पहल जारी

७ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

छुट्टाछुट्टै सवारी दुर्घटनामा ९ जनाको मृत्यु

प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यप्रति आपत्ति

कर्णाली प्रदेश समाज जापान कान्साई प्रान्तको तेस्रो अधिवेशनबाट अध्यक्षमा अन्जन निर्वाचित

साफ यू-२० महिला नेपाली राष्ट्रिय टोली घोषणा

अमेरिकाले कडा मूल्य चुकाउनु पर्ने

ब्लड क्यान्सर पिडित १३ बर्षीय सन्जयलाई बचाउन अपिल

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक