शनि, जेष्ठ ३२, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

रोनाल्डोलाई सुरुमै नखेलाएकोमा कुनै पछुतो छैन: पोर्चुगलका प्रशिक्षक सान्तोस

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
रोनाल्डोलाई सुरुमै नखेलाएकोमा कुनै पछुतो छैन: पोर्चुगलका प्रशिक्षक सान्तोस
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

एजेन्सी । कतारमा जारी विश्वकपमा एकपछि अर्को स्तब्धपूर्ण नतिजा आइरहेको छ। विश्वकप जित्नसक्ने सबैभन्दा बलियो सम्भावना भएको टोली ब्राजिलसहित, स्पेन, बेल्जियम, अर्जेन्टिना, जर्मनी, फ्रान्स र पोर्चुगल कमजोर मानिएको टोलीसँग पराजित भए।

यीमध्ये अब अर्जेन्टिना र फ्रान्स मात्र प्रतियोगितामा छन्। बाँकी टोली घर फर्किसकेका छन्। बेल्जियम र जर्मनी समूह चरणबाटै बाहिरिँदा स्पेन अन्तिम १६ बाट बाहिरियो। यस्तै ब्राजिल र पोर्चुगल क्वार्टरफाइनलमा पुगेर बाहिरिए। धेरै पढिएको फिफा विश्वकप सञ्चालन गर्ने रेफ्रीले कति पाउँछन् पारिश्रमिक ?

दक्षिण कोरियालाई घानाले हरायो, खेल सकिएपछि प्रशिक्षकलाई रातोकार्ड नेपाली दर्शक र फिफा विश्वकपबीच ‘मिडिया हब’ बाधक, सेवा…. त्यसमध्ये पोर्चुगलको पराजय यतिबेला प्रमुख चासोको विषय भएको छ। फुटबलका सुपरस्टार क्रिष्टियानो रोनाल्डोलाई लगातार दुई खेलमा सुरुआती ११ मा नराखेको भन्दै प्रशिक्षक फर्नान्डो सान्तोसको आलोचना भइरहेको छ। क्वार्टरफाइनल खेलमा दोस्रो हाफमा मैदान प्रवेश गरेका रोनाल्डोलाई सुरुआती ११ मा नराख्दा आफूलाई कुनै पश्चाताप नभएको प्रशिक्षक सान्तोसले बताएका छन्।

‘अहँ मलाई कुनै पश्चाताप छैन। क्रिष्टियानो महान् खेलाडी हुन्। उनी त्यसबेला मैदान छिरे जब हामीलाई लाग्यो समय उपयुक्त थियो। त्यसैले कुनै पश्चाताप छैन’, सान्तोसले भने। ३७ वर्षीय रोनाल्डो ५१औँ मिनेटमा मैदान छिरेका थिए। तर उनले यादगार प्रस्तुति दिन सकेनन्। एक प्रहार त गरे तर मोरक्कोका गोलकिपरले गोल हुनबाट बचाए। सान्तोसका अनुसार स्विट्जरल्याण्डविरुद्ध ६-१ गोलको नतिजा निकालेको टोलीलाई नै क्वार्टरफाइनलमा खेलाउनु जायज थियो।

‘यदि हामी यो खेलबाट सबैभन्दा विक्षिप्त भएको दुई जनाको नाम लिन्छौँ भने एक रोनाल्डो हुन् र अर्को म हुँ। हामी दुःखी छौँ। तर यो प्रशिक्षक र खेलाडीको लागि खेलको एक अंश नै हो’, उनले भने। रोनाल्डो मोरक्कोसँगको हारपछि रुँदै मैदान छोडेको दृश्य फुटबल जगत्‌कै स्तब्ध बनाउनेमध्येको एक दृश्य थियो।

तर अर्कोतर्फ मोरक्को सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकी मुलुक बन्दै इतिहास समेत कायम गर्न सफल भएको थियो। समूह चरणमा बेल्जियम र अन्तिम १६ मा स्पेनलाई हराउँदै मोरक्कोले आफूलाई ‘रक्की’ (सिल्भेस्टर स्टालोनीको चर्चित पात्र) भएको पनि दावी गरिरहेको छ। यता पोर्चुगलका दुई खेलाडी ब्रुनो फर्नान्डेज र पेपे भने हारको स्पष्टीकरणमा अर्जेन्टिनी रेफ्रीको दोष देखाउँदै आएका छन्। यद्यपि रेफ्रीले कुनै पनि गलत निर्णय नगरेको भन्दै सामाजिक सञ्जालमा चर्चा भइरहेको छ।

यो पनि पढ्नुहोस्

विदेशी मुद्राको विनिमय दर ताेक्याे

विदेशी मुद्राको विनिमय दर निर्धारण

३ घण्टा अगाडि
यात्रुवाहक डुङ्गा डुब्दा कम्तीमा ४० जनाको मृत्यु

यात्रुवाहक डुङ्गा डुब्दा कम्तीमा ४० जनाको मृत्यु

४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

खोला मापदण्डको बिषयमा नेवा: समुदाय भित्रका जातिय समाजबीच छलफल हुँदै

 UPDTE :एयर इन्डियाको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या २६५ पुग्याे

नागरिक बेच्नुपर्नेलाई लिएर सांसदहरुबीच चर्को विवाद

नेपाल कसैको मातहतमा रहेको छैन : प्रम ओली

माकेशीत मायाप्रिति जारी रहेता पनि अहिलेलाई पारपाचुके

ओलीविरुद्ध खुल्न थाले एमाले नेताहरू !

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक