शनि, जेष्ठ ३२, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

आजदेखि ब्लु टिक प्राप्त गर्ने सब्सक्रिप्सन प्याकेज पुनः सुरुवात गर्दै ट्वीटर

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
आजदेखि ब्लु टिक प्राप्त गर्ने सब्सक्रिप्सन प्याकेज पुनः सुरुवात गर्दै  ट्वीटर
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । माइक्रोब्लगिङ साइट ट्वीटरले शुल्क तिरेर भेरिफिकेसन ब्याज अर्थात् ब्लु टिक प्राप्त गर्ने सब्सक्रिप्सन प्याकेज पुनः सुरुवात गर्दैछ । आज डिसेम्बर १२ मा ट्वीटरले ब्लू टिक सब्सक्रिप्सन पुनः सुरु गर्न लागेको हो ।

यो सँगै अब प्रयोगकर्ताले शुल्क तिरेर आफ्नो अकाउन्ट भेरिफाइड गराउन सक्नेछन् र त्यस्ता भेरिफाइड अकाउन्टहरुमा ट्वीट एडिट गर्नेदेखि अन्य विभिन्न सुविधाहरु प्राप्त हुने बताइएको छ ।

ट्वीटरको यो सशुल्क सेवा खरिद गर्नका लागि मासिक ८ डलर शुल्क तिर्नुपर्नेछ । एप्पल आइओएस डिभाइसमा ट्वीटरको ब्लू सब्सक्रिप्सन लिनका लागि केही महंगो पर्नेछ । अर्थात् अब आइफोन प्रयोगकर्ताले ट्वीटरमा ब्लू टिक लिनका लागि मासिक ११ डलर तिर्नुपर्नेछ ।

ट्वीटरले यसपटक प्रयोगकर्ताका अकाउन्टको समीक्षा सुक्ष्म ढंगले गर्नेछ । केवल भेरिफाइड फोन नम्बरवालाका लागि मात्र अब ट्वीटरमा ब्लू टिक प्राप्त गर्नेछन् । यसका लागि ट्वीटरका कर्मचारी स्वयंले अकाउन्टहरुको समीक्षा गर्नेछन् ।

ट्वीटरका प्रडक्ट म्यानेजर एस्टर क्रफर्ड भन्छन् : हामीले कुनै पनि  खालको फर्जी तथा अवैध काम रोक्नका लागि केही नयाँ कदम उठाएका छौँ । कुनै पनि प्रयोगकर्तालाई ब्लू टिक दिनुभन्दा पहिले उसको अकाउन्ट राम्रोसँग समीक्षा गरिनेछ ।

अकाउन्टको समीक्षा र प्रमाणीकरण पश्चात् प्रयोगकर्तालाई भेरिफिकेसन ब्याज अर्थात् ब्लू टिक दिइनेछ । ब्लू टिकधारी अकाउन्टमा प्रयोगकर्ताले आफ्ना गरिसकेका ट्वीट एडिटसमेत गर्नसक्ने सुविधा रहने बताइएको छ ।

यद्यपि ट्वीट गरेको ३० मिनेट भित्रैमा ट्वीटलाई एडिट गरिसक्नुपर्ने हुन्छ । यसका अलावा ट्वीटरमा १०८० पिक्सेल भिडियो पनि अपलोड गर्न र लामो लामो ट्वीट समेत गर्न सकिनेछ । सब्सक्रिप्सन लिने प्रयोगकर्ताका ट्वीटलाई प्राथमिकता प्राप्त हुने र अन्य सामान्य प्रयोगकर्ताको तुलनामा उनीहरुले टाइमलाइनमा ५० प्रतिशत कम विज्ञापन देख्नेछन् ।

फोटो तथा नाम परिवर्तन गर्दा ब्लू टिक हट्नेछ

रोचक त के छ भने यदि ब्लू टिकधारी ट्वीटर अकाउन्टमा प्रयोगकर्ताले आफ्नो नाम वा प्रोफाइल तस्वीर परिवर्तन गर्यो भने अकाउन्टबाट ब्लू टिक हट्नेछ । त्यसपछि प्रयोगकर्ताको अकाउन्टको पुनः समीक्षा तथा भेरिफिकेसन गरेर मात्र ब्लू टिक दिइनेछ । कुनैपनि विशेष अभियान तथा विरोधमा आफ्नो ट्वीटरको प्रोफाइल तस्वीर वा नाम परिवर्तन गर्ने प्रयोगकर्तामाथि ट्वीटरले विशेष निगरानी गर्ने बताइएको छ ।

ट्वीटरले आफ्नो अफिसियल अकाउन्टबाट ट्वीट गर्दै भनेको छ : सब्सक्राइबरहरुले आफ्नो ह्याण्डल, डिस्प्ले नाम वा प्रोफाइल फोटो परिवर्तन गर्न सक्नेछन् तर यसो गर्दा अस्थायी रुपमा ब्लू टिक हटाइनेछ । त्यसपछि उक्त अकाउन्ट पुनः भेरिफिकेसन गरिनेछ ।

ट्वीटरमा लगातार प्रयोग

विश्वका सर्वाधिक धनी व्यक्ति एलन मस्कले अघिल्लो महिना ट्वीटर खरीद गरेका थिए । ट्वीटर खरीदसँगै उनले लगातार यसमा विभिन्न परीक्षण गरिरहेका छन् । पहिलोपटक कम्पनीले ट्वीटर ब्लू सब्सक्रिप्सनका लागि सबैलाई ८ डलर शुल्क तोकेको थियो । तर पैसा दिएर ब्लू टिक प्राप्त हुँदा धेरै फर्जी अकाउन्टहरुले समेत ब्लू टिक लिएका थिए ।

त्यस्ता ब्लू टिकधारी फर्जी अकाउन्टहरुले गलत ट्वीट गर्दा विभिन्न कम्पनीहरुलाई भारी नोक्सान समेत भएको थियो । त्यसपछि ट्वीटरले ब्लू सब्सक्रिप्सन तत्कालका लागि खारेज गरेको घोषणा गरेको थियो । अहिले त्यसलाई पुनः नयाँ तरिकाबाट सुरु गर्न लागिएको हो । एजेन्सीको सहयोगमा

यो पनि पढ्नुहोस्

विदेशी मुद्राको विनिमय दर ताेक्याे

विदेशी मुद्राको विनिमय दर निर्धारण

३ घण्टा अगाडि
यात्रुवाहक डुङ्गा डुब्दा कम्तीमा ४० जनाको मृत्यु

यात्रुवाहक डुङ्गा डुब्दा कम्तीमा ४० जनाको मृत्यु

४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

खोला मापदण्डको बिषयमा नेवा: समुदाय भित्रका जातिय समाजबीच छलफल हुँदै

 UPDTE :एयर इन्डियाको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या २६५ पुग्याे

नागरिक बेच्नुपर्नेलाई लिएर सांसदहरुबीच चर्को विवाद

नेपाल कसैको मातहतमा रहेको छैन : प्रम ओली

माकेशीत मायाप्रिति जारी रहेता पनि अहिलेलाई पारपाचुके

ओलीविरुद्ध खुल्न थाले एमाले नेताहरू !

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक