विवाह तयारीमा जुटेकी बलिउड अभिनेत्री मलाईका अरोराको अहिलेसम्म पनि विवाह टुंगो लागेको छैन । अभिनेता अर्जुन कपुरसँग केही वर्षयताबाट ‘लिभिङ टुगेदर’मा रहेकी उनी अहिले ‘मुभिङ इन विथ मलाइका’ सोका कारण चर्चामा छिन् । यो चर्चासँगै विवाहको प्रश्नले उनलाई सताउन थालेको छ ।
आफ्नो विवाह’bout बजारमा विभिन्न प्रश्न उठ्न थालेपछि उनले ढाकछोप गर्नुपरेको छ । तथापि मलाइकाले फराह खानसँगको कुराकानीमा ‘अर्जुन कपुरसंगको सम्बन्ध र विवाहका विषयमा धेरै कुरा खोलेकी छन् । अर्जुनसँगको विवाहका सन्दर्भमा ‘आफूले के सोचिरहेको’
भन्ने उनले खुलाएकी छन् । उनले भनेकी छन्, ‘अर्जुन कपूर मलाई सधैं राम्रो सल्लाह दिन्छन् । उनीसँग विवाह गर्ने भन्ने म योजनामै छु ।’
आफूहरूले ‘विवाह गर्नुपर्छ’ भन्नेमा छोरा अरहान खानले समेत ‘साथ र सल्लाह’ दिएको यी अभिनेत्रीको कथन छ । फराह खानले मलाइका अरोरालाई आफ्नो ‘पार्टनर’ उमेरका कारण विगतमा ‘ट्रोल’ भएको बताइन् । मलाइकाले पनि यस विषयमा आफ्नो धारणा राखेकी छन् ।
‘यदि कुनै पुरुष २० वर्ष कान्छी केटीसँग बिहे गर्छ भने आफूलाई राजाजस्तो महसुस गर्छन्,’ मलाइका अरोराले भनेकी छन्, ‘कि उनी
आफ्नो उमेरलाई लिएर पहिला ट्रोल भएको थिए तर यो उनका लागि सजिलो थिएन ।’
मलाइकाले अर्जुनसँगको सम्बन्धलाई लिएर आफू ‘गम्भीर’ रहेको पनि बताएकी छन् । ‘मलाई लाग्छ, अर्जुन निकै राम्रो र असल मान्छे भएकाले म उनलाई छाड्ने चाहँदिनँ,’ उनले भनेकी छन् ।