काठमाडौँ – नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोको नक्कली फेसबुक पेज बनाएको अभियोगमा एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा चितवन रत्ननगर नगरपालिका-५ झुवानीटोल बस्ने १८ वर्षीय किशोर रहेको प्रहरीले जनाएको छ।
सर्वसाधारणलाई झुक्यानमा पारी ठगी गर्ने अभिप्रायले ब्यूरोको नक्कली फेसवुक पेज बनाउने कार्यमा संलग्न उनलाई जिल्ला प्रहरी कार्यालय चितवनको सहयोगमा नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।
पक्राउ परेका उनलाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौँबाट ५ दिन म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।