काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र नेपालका लागि अमेरिकी नवनियुक्त राजदूत डीनआर थम्पसनबीच शिष्टाचार भेटवार्ता भएको छ ।
उनीहरूबीच एकीकृत समाजवादीको केन्द्रीय कार्यालय, आलोकनगरमा भेट भएको हो । भेटका क्रममा उनीहरूले एक अर्कामा शुभकामना व्यक्त गरे भने अन्तरदेशीय सम्बन्धलाई सुदृढ बनाउनेलगायतका विषयमा पनि कुराकानी गरेको जनाईएको छ ।