काठमाडौं– युक्रेनको कैयौं क्षेत्रमा मिसाइल आक्रमण भएको छ। युक्रेनी अधिकारीका अनुसार दक्षिणी जापोरिजिया क्षेत्रमा कम्तिमा पनि दुई जनाको मृत्यु भएको छ।
यो आक्रमण रुसको मिलिट्री एअरफिल्टमा भएको धमाकापछि भएको हो। यो क्षेत्र युक्रेनबाट संयौं किलोमिटरको दूरीमा रहेको छ।
यस आक्रमणमा कैयौं मारिएको खबर छ। तर अहिलेसम्म यसको जिम्मेवारी कसैले नलिएको बीबीसीले उल्लेख गरेको छ।
युक्रेनको इनर्जी इन्फ्रास्ट्रक्चरमा मिसाइलबाट क्षति भएको छ। यसका कारण कैयौं क्षेत्रमा बिजुली गएको छ।
युक्रेनबाट प्राप्त तस्बिर अनुसार बाख्लो कपड लगाएका मानिसहरु मेट्रो स्टेशनमा शरण लिइरहेका छन्। कीएभमा अहिलेको तापक्रम –५ डिग्री सेल्सियस रहेको छ।